असार २, २०७७,एजेन्सी । स्पानिस ला लिगामा सेभिया आफ्नै गल्तीले गर्दा लेभान्टेसँग बराबरीमा रोकिएको छ । यो खेल लेभान्टेको मैदानमा भएको खेल हो । आफ्नै खेलाडी डिएगो कार्लोस्ले खेल सकिन तीन मिनेट बाँकी छँदा आत्मघाती गोल गरेपछि सेभिया लेभान्टेसँग १-१ को बराबरिमा रोकिएको छ ।
बराबरीपछि २९ खेलबाट ५१ अंकसहित सेभिया तेस्रो स्थानमै छ भने ३५ अंक रहेको लेभान्टे १२औं स्थानमा छ । ४६औं मिनेटमा लुक जोङले गोल गर्दै सेभियालाई अग्रता दिलाएका थिए । तर ८७औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।
यस्तै रियल सोसिडाड पनि ओसासुनासँग १-१ कै बराबरीमा रोकिएको छ । एड्रिएन लोपेजले २९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै ओसासुनालाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा मिकेल ओयाजाबलले सोसिडाडको लागि बराबरी गोल फर्काएका थिए । बराबरीपछि २८ खेलबाट ४७ अंक जोडेको सोसिडाड गेटाफेलाई एक अंकले पछि पार्दै चौथो स्थानमा उक्लिएको छ ।
ला लिगाकै अर्को खेलमा ग्रानडा र रियल बेटिसले २-२ को बराबरी खेलेका छन् । ग्रानडा २९ खेलबाट ४२ अंक जोड्दे आठौं स्थानमा उक्लेको छ । समान खेलबाट ३४ अंक रहेको बेटिस १३औं स्थानमा यथावत छ ।
ट्रेन्डिङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक