विश्वमा कोरोनाभाइरस संक्रमितको संख्या दुई करोड नाघ्यो

२०७७ श्रावण २७ मङ्गलबार, एजेन्सी । विश्वभर कोरोना भाइरसबाट अहिलेसम्म दुई करोड दुई लाखभन्दा बढी संक्रमित भएका छन्। तीमध्ये एक करोड ३० लाखभन्दा बढी निको भएका छन्।

अब उपचाररत् संक्रमितको संख्या करीब ६४ लाख सात हजार छ। तीमध्ये एक प्रतिशत अर्थात् ६४ हजार ५५८ जना गम्भीर छन्। कुल संक्रमितमध्ये सात लाख ३७ हजार ८६३ जनाको मृत्यु भएको छ।

आधाभन्दा बढी संक्रमित अमेरिका, ब्राजिल र अमेरिकामा छन्। यी तीन देशमा मात्र एक करोड पाँच लाखभन्दा बढी संक्रमित भएका छन्।

अमेरिकामा सबैभन्दा बढी ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित भइसकेका छन्। त्यस्तै ब्राजिलमा ३० लाख ५७ हजार र भारतमा २२ लाख ६७ हजारभन्दा बढी संक्रमित छन्।

पछिल्लो २४ घन्टामा सबैभन्दा बढी संक्रमित भारतमा फेला परेका छन्। त्यहाँ ५३ हजारभन्दा बढी संक्रमित फेला परेका छन्। अमेरिकामा ४८ हजार र ब्राजिलमा २१ हजारभन्दा बढी संक्रमित फेला परेका छन्।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार