रुसले बनायो कोरोनाकोे भ्याक्सिन

२०७७ श्रावण २७ मङ्गलबार, एजेन्सी । रुसले कोरोनाकोे भ्याक्सिन घोषणा गरेको छ । पूर्ण परीक्षण नभएको आरोपका बावजुद रूसले कोरोना भाइरसको पहिलो भ्याक्सिनको घोषणा गरेको छ । मस्कोको गामालेया इन्सिटिच्युडले थोरै परीक्षणबाट बनाएको यो भ्याक्सिन प्रयोगमा सुरक्षित, प्रभावशाली र लामो समयसम्म इम्युनिटी बढाउन सक्ने भएको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले दाबी गरेका छन् ।

पुटिनले मंगलबारको क्याबिनेट बैठकमा आफ्नी एक छोरीमा यो भ्याक्सिनको परीक्षण गरिएको बताएका छन् । र यसको भ्याक्सिनको सकारात्मक प्रभाव पनि देखिएको छ ।

रुसी उपप्रधानमन्त्री टाटयाना गोलिकोभाका अनुसार रुसले अगस्टमा स्वास्थ्कर्मीलाई यो भ्याक्सिनमार्फत उपचार गर्ने र अर्को वर्षको सुरुआतदेखि अत्यधिक मात्रामा यसको प्रयोग गर्ने योजना बनाएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार