गायक निशानले प्रेमिका ऋचासँग गरे कानुनी विवाह

२०७७ श्रावण २७ मङ्गलबार, काठमाडौं । नेपाल आइडलको सिजन एकका फस्ट रनरअप गायक निशान भट्टराइले आज कानुनी विवाह गरेका छन् ।

मंगलबार धुलिखेल जिल्ला अदालतमा गाक भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानुनी विवाह (कोर्ट म्यारिज) गरेका हुन् । जिल्ला अदालतबाट उनीहरुले विवाहको प्रमाणपत्र ग्रहण गरेका थिए ।

गायक भट्टराईले स्वर भरेको ‘के माया लाग्छ र’ बोलको गीत पछिल्लो समय निकै नै हिट भएको थियो । भट्टराई नेपाली चलचित्रको सांगीतिक क्षेत्रमा चम्किएका गायक मध्ये एक हुन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार