बार्सा र म्याड्रिडको टक्कर

असार २, २०७७,एजेन्सी । स्पेनिस ला लिगा फुटबलको आइतबार आज राति सम्पन्न खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ। रियल म्याड्रिडले आफ्नो पछिल्लो खेलमा तुलनात्मक रूपमा कमजोर प्रतिद्वन्द्वी इबरलाई ३–१ गोलले हराएको थियो । म्याड्रिडले ‘लिग लिडर’ बार्सिलोनालाई २ अंकले पछ्याएको छ ।

रियल म्याड्रिडले प्रशिक्षक जिनेदिन जिदानको नेतृत्वमा खेलेको यो दुई सयौं खेल हो । जिदान रियल म्याड्रिडका पूर्वखेलाडीसमेत रहेका थिए । ४७ वर्षीय जिदान रियल म्याड्रिडको सिनियर टोलीको प्रशिक्षकसम्म बनेका थिए।

त्यसपछि केही विषयमा असहमति जनाउँदै क्लब छाडेका जिदान सन् २०१९ मा पुनः रियल म्याड्रिडको प्रशिक्षक बनेका थिए । फ्रान्सेली नागरिक जिदानले प्रशिक्षकका रूपमा हालसम्म रियल म्याड्रिडलाई विभिन्न १० वटा उपाधि जिताइसकेका छन्।

खेल सुरु भएको चौथो मिनेटमै टोनी क्रुजले रियल म्याड्रिडलाई अग्रता दिलाएका थिए। खेलको ३०औं मिनेटमा अनुभवी खेलाडी सर्जियो रामोसले  र त्यसको सात मिनेटपछि नै मार्सेलोले टोलीका लागि तेस्रो गोल गरेका थिए।

खेलको ६०औं मिनेटमा पेड्रो बिगासले एक गोल फर्काएका थिए। स्पेनिस ला लिगामा सहभागी २० वटै टोलीले २८/२८ खेल खेल्दा ६१ अंकसहित साविक विजेता बार्सिलोना तालिकाको पहिलो स्थानमा छ । रियल म्याड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ।

तेस्रो स्थानमा आसीन सेभिलले ५०, चौथो स्थानको रियल सोसिएडाडको ४७ र पाँचौं स्थानमा आसीन गेटाफेको ४६ अंक छ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार