२०७७ श्रावण २८ बुधबार, एजेन्सी । बलिवुड अभिनेता संजय दत्तलाई फोक्सोको क्यान्सर भएको छ । बलिवुड फिल्म विश्लेषक कोमल नहाटाले संजय दत्तलाई क्यान्सर भएको जानकारी दिएका छन् ।
संजय दत्तले आफुले आफ्नो स्वास्थ्यको कारणले केहि समय फिल्मबाट ब्रेक लिने जानकारी दिएका छन् । मिडिया रिपोर्टका अनुसार संजय दत्तको क्यान्सरको उपचार सम्भव भएको बताइएको छ । संजय दत्तलाई क्यान्सर भएको खुलासा भएपछि मंगलबार सार्बजनिक हुने भनिएको उनको नयाँ फिल सडक-२ को ट्रेलर समेत रोकिएको थियो ।
अब संजय दत्त थप उपचारका लागि अमेरिका जाने तयारीमा रहेको बताइएको छ । समयमा अमेरिका गएर उपचार गरे उपचार सम्भव भएको बताइएको छ ।
संजय दत्त केहि दिन अघि श्वास फेर्न मुश्किल भएपछि अस्पताल भर्ना भएका थिए । यस क्रममा उनको कोरोना परिक्षण गरिएको थियो र रिपोर्ट भने निगेटिभ आएको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो