२०७७ श्रावण २८ बुधबार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले रुसले तयार पारेको भनिएको कोरोना भ्याक्सिनबारे आफूलाई थाहा नभएकाले यसको मूल्यांकन गर्न नसकिएको बताएको छ ।
डब्लुएचओ अन्तर्गतको प्यान-अमेरिकन हेल्थ अर्गनाइजेसनका सहायक निर्देशक जरबास बारबोसाले भने- ‘रुसले भ्याक्सिन बनाउन सुरु गर्नेछ भन्ने सुनेको छु, । तर जबसम्म थप ट्रायल पूरा हुँदैन तबसम्म यस्तो गर्न हुँदैन ।’ जसले भ्याक्सिन बनाए पनि त्यो सुरक्षित हुनु पर्ने र त्यसलाई डब्ल्यूएचओको सिफारिस आवश्यक पर्ने उनको भनाइ छ ।
रुसले दुई महिना भन्दा कम समय मानवीय ट्रायल गरेपछि मंगलबार भ्याक्सिन दर्ता गरेको घोषणा गरेको थियो । राष्ट्रपति पुटिनले भ्याक्सिनको पहिलो डोज आफ्नी छोरीलाई दिएको घोषणा गर्दै अब ठुलो संख्यामा भ्याक्सिनको उत्पादन हुने घोषणा गरेका थिए ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो