अमेरिकामा पछिल्लो २४ घण्टामा १३७६ जनाको मृत्यु

२०७७ श्रावण २९ बिहीबार,एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा एक हजार ३७६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६९ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ६९ हजार १२१ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ५३ हजार ९९६ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५३ लाख ५९ हजार ९५३ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म २८ लाख ४ हजार ९८६ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २३ लाख ८५ हजार ८४६ जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १७ हजार ३१६ जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ८७४ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५२ हजार ५०९ जना संक्रमित भएका छन् ।

त्यस्तै न्यूजर्सीमा १५ हजार ९६४ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९१ हजार ५०७ जना संक्रमित भएका छन् । त्यस्तै क्यालिफोर्नियामा १० हजार ८१० सयको ज्यान गएको छ भने त्यस्तैगरि टेक्सासमा ९ हजार २२९ जनाको ज्यान गएको छ ।  त्यसैगरी फ्लोरिडामा ८ हजार ७७० र मसाचुसेट्समा ८ हजार ७६९ जनाको ज्यान गएको छ ।

त्यस्तै इलिनियोइसमा ७ हजार ८८१, पेन्सिलभेनियामा ७ हजार ४७०, मिचिगनमा ६ हजार ५३९, जर्जियामा ४ हजार ४५६, कोनेक्टीकटमा ४ हजार ४५०, लुसियानामा ४ हजार ३६२ जना, एरिजोनामा ४ हजार ३४७, ओहियो ३ हजार ७३८, मेरिल्याण्डमा ३ हजार ६१२, इन्डियानामा ३ हजार ८६, भर्जिनियामा २ हजार ३५२, नर्थ कारोलिनामा २ हजार २५५ र साउथ कारोलिनामा २ हजार १४४ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार