भारतमा कोरोना कहरः एकैदिन ९४२ जनाको मृत्यु

२०७७ श्रावण २९ बिहीबार, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा ६६ हजार बढी संक्रमित थपिएका छन् । त्यहाँको केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार ६६ हजार ९९९ जनामा संक्रमण पुष्टि भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नै त्यहाँ ९४२ संक्रमितको मृत्यु भएको बताइएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या २३ लाख ९६ हजारभन्दा बढी पुगेको छ । संक्रमितमध्ये १६ लाख ९५ हजार बढीले कोरोना जितिसकेका छन् ।

६ लाख ५३ हजार ६२२ सक्रिय संक्रमितको उपचार चलिरहेको छ । हालसम्म ४७ हजार ३३ जना संक्रमितको मृत्यु भइसकेको छ । आईसीएमआरले अगष्ट १२ सम्ममा भारतमा दुई करोड ६८ लाखभन्दा बढीको कोरोना परीक्षण गरेको दाबी गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार