२०७७ श्रावण २९ बिहीबार, एजेन्सी । कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण यो वर्ष (सन् २०२०) को पहिलो तीन महिनामा कम्तीमा ८०० जनाको ज्यान गएको अनुसन्धानकर्ताले बताएका छन् ।
अमेरिकन जनर्ल अफ ट्रपिकल मेडिसिन एण्ड हाइजेनमा प्रकाशित अनुसन्धान प्रतिवेदनका अनुसार सामाजिक सञ्जालमा कोरोना भाइरस सम्बन्धी गलत जानकारीका कारण झण्डै ५८ सय मानिस अस्पताल भर्ना भएका थिए ।
ज्यान गुमाउने मध्ये अधिकांशले मेथानोल वा रक्सीमा आधारित सफाइ सामग्री खाएका थिए । उनीहरुले ती चिजले कोरोना भाइरसको संक्रमणबाट जोगाउने वा संक्रमण निको पार्ने गलत सूचनामा विश्वास गरेका थिए ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले यसअघि नै कोरोना भाइरसलाई लिएर विश्वमा भयानक रुपमा ‘इन्फोडेमिक’ अर्थात लगत सूचनाको महामारी फैलिएको भन्दै चिन्ता व्यक्त गरेको थियो ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो