नेपालको पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले कार प्राप्त गरेका छन् । कमेडी च्याम्पियनको टिमले बुधबार कार हस्तान्तरण गरेको हो ।
गतवर्षको अन्त्यतिर आयोजित च्याम्पियनमा पन्त प्रतियोगी सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पार्दै कमेडी च्याम्पियन बनेका थिए । कोरोनाका कारण फाइनल घोषणा भएको करिब ६ महिनापछि मात्रै हिमेशले पुरस्कार पाएका हुन् ।
कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारी, निर्माता केकी अधिकारी तथा कान्तिपुर टेलिभिजनका स्टेशन म्यानेजर दिनेश डिसीले हिमेशलाई एक समारोहका बिच कार हस्तान्तरण गरे । उक्त कारको मूल्य २५ लाख रुपैयाँ परेको बताइएको छ ।
कमेडि च्याम्पियन सिजन २ को डिजिटल अडिसन सुरुवात हुने तरखरमा छ । यो सिजनमा पनि पहिलो सिजनकै निर्णायकहरु सन्तोष पन्त, मनोज गजुरेल, ऋचा शर्मा, प्रदीप भट्टराईले निरन्तरता पाउने छन् । कार्यक्रम अभिनेत्री रीमा विश्वकर्माले नै सञ्चालन गर्ने निर्माण युनिटले बताएकोे छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो