दत्त परिवारको दुश्मन ‘क्यान्सर’ जसले खाेसेकाे थियाे सञ्जयकाे आमा र श्रीमती

२०७७ श्रावण २९ बिहीबार,  काठमाडौं । मंगलबार सञ्जय दत्तको बारेमा एउटा नराम्रो खबर आयो । उनलाई फोक्सोको क्यान्सर छ, जुन तेस्रो चरणमा हो ।उक्त खबर बाहिरएपश्चात् सञ्जयका फ्यानहरू निराश छन् । उपचारका लागि उनी अमेरिका जान सक्ने भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

क्यान्सर रोगको सम्बन्धमा दत्त परिवारको आफ्नै इतिहास छ । यस भयानक रोगका कारण सञ्जयले आफ्नो जीवनमा २ महत्वपूर्ण व्यक्तिहरू गुमाएका छन्, त्यो पनि वर्षौं अघि । हो, सञ्जय दत्तकी आमा नरगिस र उनकी पत्नी ऋचा शर्मा दुवैलाई क्यान्सर भएको थियो । उनीहरुले यस रोगसँग लड्न कडा प्रयास गरेका थिए, तर अन्तमा उनिहरुले आफ्नो जीवन नै गुमाउनु पर्यो ।

ऋचा सञ्जयकी पहिलो पत्नी थिइन् । यी दुईले १९८७ मा विवाह गरेका थिए । १९८८ मा छोरी त्रिशालाकाे जन्म भएकाे थियाे । सञ्जय र ऋचाको वैवाहिक जीवन लामाे समय टिक्न सकेन । सन् १९९६ मा ऋचाको क्यान्सरका कारण मृत्यु भयो ।

सञ्जयकी आमा नरगिस बलिउड अभिनेत्री हुन् । सञ्जय उनकाे एक मात्र छोरा थिए । सबैभन्दा प्रिय पनि थिए । सञ्जय पनि आफ्नी आमालाई असाध्यै माया गर्थे । आज पनि, सञ्जयकाे आँखा आफ्नो आमालाई सम्झेर ओसिलो हुन्छ ।

नरगिसलाई क्यान्सर हुँदा सञ्चय स्तब्ध भएका थिए । नरगिसलाई विदेशमा उपचार गरियो । उनी क्यान्सरसँग धेरै लडिन्, तर यो जित्न भने सकिनन् र अन्ततः सन् १९८१ मा क्यान्सरको कारण मृत्युवरण गरिन् । नरगिसले सञ्जयकाे पहिलो फिल्म रिलिज हुनुभन्दा केहि दिन अघि मात्रै उनकाे मृत्यु भएकाे थियाे ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार