अष्ट्रेलियाको ‘उद्धार’ उडान स्थगित

असार २,२०७७,एजेन्सी । अष्ट्रेलियाबाट यही असार ३ गते उड्ने भनिएको ‘उद्धार’ उडान दूतावासले  स्थगित गरेको छ । सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ ।

अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते अर्थात २३ जुनमा पहिलो चार्टर्ड उडान हुनेछ भनेर दूतावासले जारी गरेको । दोस्रो चार्टर्ड उडान मेलबर्नबाट असार १२ गते अर्थात् जुन २६मा हुने दूतावासले सुचना जारी गरेको छ ।

फाराम भरेका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरीसकेको दूतावासले जनाएको छ । फाराम भरेका अन्य व्यक्तिहरुलाई पनि इमेल गरिने सूचनामा उल्लेख छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार