विश्वभर कोरोना संक्रमितको संख्या २ करोड १६ लाख नाघ्यो, ७ लाख ६८ हजारकाे मृत्यु

२०७७ श्रावण ३२ आइतबार, एजेन्सी । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या २ करोड १६ लाख नाघेको छ भने ७ लाख ६८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर २ करोड १६ लाख २ हजार ७ सय ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ७ लाख ६८ हजार ६ सय ९२ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म १ करोड ४३ लाख २२ हजार ९ सय ५० जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ७२ हजार ६०६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ५५ लाख २९ हजार ७८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५३ हजार ५२३ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार ७१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या ३३ लाख १७ हजार ८३२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७२६ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ७ हजार २९७ पुगेको छ ।

छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार ८४ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा ६३ हजार ९८६ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २५ लाख ८९ हजार २०८ पुगेको हो ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार