भारतमा एकै दिन ८७६ कोरोना सक्रंमितकाे मृत्यु

२०७७ भाद्र २ मङ्गलबार, एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गतिमा बढीरहेको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८७६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५१ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५१ हजार ७९७ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ५५ हजार ७९ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या २७ लाख नाघेको छ । भारतमा कुल संक्रमित २७ लाख २ हजार ७४३ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म १९ लाख ७७ हजार ७८० जना ठिक भएका छन् भने ६ लाख ७३ हजार १६६ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ९ लाख ४१ हजार २६४ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ८ लाख ९९ हजार ८६४ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार