२०७७ भाद्र ६ शनिबार, एजेन्सी । विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ लाख नाघेको छ । शनिबार विहानसम्म विश्वभर मृत्यु हुनेको संख्या ८ लाख २ हजार ९५९ पुगेको छ । विश्वभर कोरोना संक्रमितको संख्या अहिलेसम्म २ करोड ३१ लाख ७ हजार ४२२ पुगेको छ ।
त्यसैगरी विश्वभर कोरोना संक्रमणपछि ठिक हुनेको संख्या एक करोड ५७ लाख रहेको छ भने अहिले विश्वभर ६६ लाख संक्रिय संक्रमित रहेका छन् । त्यस्तौ विश्वभर अहिले ६१ हजार ८२८ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
कोरोनाबाट सबैभन्दा बढी अमेरिकामा एक लाख ७९ हजार २ सयको ज्यान गएको छ । त्यस्तै अमेरिकापछि ब्राजिलमा एक लाख १३ हजार ४५४ जनाको मृत्यु भएको छ ।
मेक्सिकोमा अहिलेसम्म ५९ हजार ६१० जनाको मृत्यु भएको छ भने भारतमा ५५ हजार भन्दा बढीको ज्यान गएको छ । बेलायतमा ४१ हजार ४०५ जनाको मृत्यु भएको छ भने इटालीमा ३५ हजार ४२७ जनाको ज्यान गएको छ । फ्रान्समा कोरोनाबाट ३० हजार ५०३ जनाको मृत्यु भएको छ भने स्पेनमा २८ हजार ८३८ जनाको ज्यान गएको छ ।
त्यस्तै पेरुमा कोरोनाबाट २७ हजार ३४ जनाको मृत्यु भएको छ भने इरानमा २० हजार ३७६ जनाको ज्यान गएको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो