२०७७ भाद्र ६ शनिबार, एजेन्सी । नेपाली लेगस्पेनर सन्दीप लामिछाने सम्मिलित टोली जमैकाले आज राति तेस्रो खेल खेल्दैछ ।
ट्रीनिडाड एन्ड टोबेगोमा जारी सीपीएल अन्तर्गत जमैकाले तेस्रो खेलमा गुएना अमेजन वारियर्ससँग प्रतिस्पर्धा गर्नेछ ।
जमैका र गुएनाबीचको खेल नेपाली समय अनुसार राति १२ बजे आरम्भ हुने छ । वारियर्सविरुद्ध मैदान उत्रिँदा जमैका दोस्रो जितको खोजीमा हुनेछ ।
पहिलो खेलमा जमैकाले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले पराजित गरेको थियो भने दोस्रो खेलमा ट्रिनबागो नाइट राइडर्ससँग ७ विकेटले पराजित भएको थियो ।
जमैका २ खेलमा २ अंक जोडेर तालिकाको चौंथो स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो