अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघ्यो

२०७७ भाद्र ७ आइतबार, एजेन्सी । अमेरिकामा पछिल्लो २४ घण्टामा ९५१ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ८० हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ८० हजार १५१ पुगेको छ ।

त्यस्तै गरि पछिल्लो २४ घण्टामा अमेरिकामा ४२ हजार ८३० जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५८ लाख ४० हजार ४२९ पुगेको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ३१ लाख ४५ हजार २०८ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २५ लाख १५ हजार ७० जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १६ हजार ७७० जना आइसीयुमा उपचारत रहेका छन् ।

अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या ३२ हजार नाघेको छ । न्युयोर्कमा ३२ हजार ९५० जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या ४ लाख ५९ हजार ७९७ जना संक्रमित भएका छन् । न्यूजर्सीमा १६ हजार ४७ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म एक लाख ९५ हजार ३५ जना संक्रमित भएका छन् ।

क्यालिफोर्नियामा १२ हजार १३४ सयको ज्यान गएको छ भने त्यस्तैगरि टेक्सासमा ११ हजार ७२२ जनाको ज्यान गएको छ । फ्लोरिडामा १० हजार २८२ र मसाचुसेट्समा ८ हजार ९२१ जनाको ज्यान गएको छ ।

त्यस्तै इलिनियोइसमा ८ हजार ८३, पेन्सिलभेनियामा ७ हजार ६६९, मिचिगनमा ६ हजार ६५५, जर्जियामा ५ हजार ९२, एरिजोनामा ४ हजार ७५६, लुसियानामा ४ हजार ६८७ जना, कोनेक्टीकटमा ४ हजार ४६०, ओहियो ३ हजार ९८८, मेरिल्याण्डमा ३ हजार ६८५, इन्डियानामा ३ हजार २१८, नर्थ कारोलिनामा २ हजार ५४५, साउथ कारोलिनामा २ हजार ४९३, भर्जिनियामा २ हजार ४४३ र मिसिसिपीमा २ हजार २३७ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार