डब्लूएचओले मास्कसम्बन्धी जारी गर्याे नयाँ नियम, कुन उमेरका मानिसले कस्ताे मास्क लगाउने ?

२०७७ भाद्र ७ आइतबार, एजेन्सी । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस महामारीमा १२ वर्षभन्दा बढी उमेरका बच्चाहरुले मास्क लगाउनेबारे नयाँ नियम जारी गरेको छ ।

जुन-जुन देशमा जे-जे नियम वयस्कलाई लागु गरिएको छ, सोही नियम १२ वर्षमाथिका बच्चाहरुलाई पनि लगाउन डब्लूएचओले भनेको छ । बच्चाहरु भाइरसलाई कति फैलाउँछन् भन्ने कुरा अहिलेसम्म प्रष्ट भइसकेको छैन, तर यसको प्रमाण छ कि किशोरावस्थाका बच्चाहरु वयस्क सरह भाइरस फैलाउँछन् ।

५ वर्षभन्दा कम उमेरका बच्चालाई भने मास्क लगाइदिन नहुने डब्लुएचओको भनाइ छ । त्यस्तै ६ देखि ११ वर्षसम्मका बच्चाहरुको मास्क फुकाल्न र लगाउन परिवारले सहयोग गर्नुपर्ने पनि डब्लुएचओले भनेको छ ।

साथै ६० वर्षभन्दा कम उमेरसमूहका मानिसहरुले कपडाको मास्क लगाउनुपर्ने र योभन्दा बढी उमेरका मानिसहरुले र बिरामीले मेडिकल मास्क लगाउनुपर्ने पनि डब्लुएचओले उल्लेख गरेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार