बायर्न म्युनिखले जित्यो च्याम्पियन्स लिगको उपाधि

२०७७ भाद्र ८ साेमबार, काठमाडौं । यस बर्षको च्याम्पियन्स लिगको उपाधि जर्मनी क्लब बायर्न म्युनिखले जितेको छ ।

गएराती सम्पन्न फाइनलमा फ्रान्सको पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १-० ले पराजित गर्दै बायर्नले छैटौंपल्ट युरोपेली च्याम्पियन्स लिग जितेको हो ।

खेलको निर्णायक गोल किंग्सली कोमनले ५९ औं मिनेटमा गरे । योसँगै बायर्नले छैठौ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । यस अघि अन्तिम पटक बायर्नले २०१३ मा यो उपाधि जितेको थियो ।

बायर्नले यस सिजन जर्मन बुण्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिग जितेको हो । क्लबको इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको पिएसजी उपाधि जित्नबाट चुकेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार