महिला हिंसाबारे निर्देशक अधिकारीको ‘तिमी नारी’

२०७७ भाद्र ८ साेमबार, काठमाडौं । निर्देशक राजु अधिकारीले लघु चलचित्र ‘तिमी नारी’ निर्माण गरेका छन् । १६ मिनेट लामो चलचित्रमा नारीले पाउने गरेको धोका,शोषण,दमन र बिद्रोहको कथा प्रस्तुत गरिएको छ ।

झण्डै एक दशक अघि एचआइभी पीडित नारीको संघर्ष र साहसको बिषयमा ‘द निर्मला’ निर्माण गरि चर्चा कमाएका अधिकारीले त्यसपछि ‘दिलमा सजाए तिमीलाई’, ‘लेकसाइड’,‘सुब्बा साहेब’,‘उल्झन’,‘मेरो आफ्नो’,‘माया बस्छ की के हो’ लगायतका ब्याबसायिक चलचित्र निर्माण गरेका छन् । ‘तिमी नारी’ को कथा आरती अधिकारीले लेखेकी हुन् ।

आशुतोष फिल्मस् प्रोड्क्सनको ब्यानरमा गिरीश भण्डारी निर्माता र बसन्त शर्माको प्रस्तुति रहेको चलचित्र चितवनमा खिचिएको हो । सि टिभी नेपाल नामक युट्युव च्यानलमा सार्वजनीक गरिएको चलचित्रमा केडी प्रसित,रुक्सना खातुन,किरण गौतम,अजिता परियार, कमला भण्डारी,बिना मोक्ता तथा सुरज पोखरेलले अभिनय गरेका छन् ।

भिडीयाे हेर्नुहाेस: 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार