भारतमा पछिल्लाे २४ घण्टामा ८३६ जनाको मृत्यु, ६१ हजार संक्रमित

 

२०७७ भाद्र ८ साेमबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ८३६ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ५७ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ हजार ५४२ पुगेको छ ।पछिल्लो २४ घण्टामा ६१ हजार ४०८ जना संक्रमित पुष्टि भएको छ । योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३१ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३१ लाख ६ हजार ३४९ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ४६८ जना ठिक भएका छन् भने अहिलेसम्म २३ लाख ३८ हजार ३६ जना ठिक भएका छन् । त्यस्तै ७ लाख १० हजार ७७१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ५९ लाख २ हजार १३७ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ६ लाख ९ हजार ९१७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार