२०७७ भाद्र ८ साेमबार, काठमाडौं । हाँस्यकलाकार केदारप्रसाद घिमिरे (माग्ने बुढा) ले स्वास्थ्यकर्मीप्रतिको दुर्व्यवहारको व्यङ्ग्यात्मक शैलीमा विरोध जनाएका छन् ।
कालकार घिमिरेले कोरोनाकालमा अग्र भागमा जनसेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुप्रति भएको दुर्व्यवहारलाई गाउँ खाने कथा नभइ मन छुने कथा भन्दै विरोध जनाएका हुन् ।
‘निको पार्दा देउता, डेरा खोजे जा–उता ? के हो ?’ कलाकार घिमिरेले आफ्नो आधिकारिक तथा प्रमाणित फेसबूक ह्याण्डलमा लेखेका छन्, ‘कोरोनाको गाउँ खाने कथा होइन, मन छुने कथा ।’
पछिल्लो समय कोरोना भाइरसबाट हुने कोभिड १९ विरुद्ध खटिरहेका स्वास्थ्यकर्मीविरुद्ध शृंखलाबद्ध रुपमा दुर्व्यवहार हुँदै आएको छ ।
यस प्रकारको दुर्व्यहारविरुद्ध राजनीतिक दल, नागरिक समाजसँगै सरोकारवालाहरुले आवाज उठाइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब पनि त्यस्तैगरी दुर्व्यवहार भएको खण्डमा कारबाही गर्न बाध्य हुने उल्लेख गर्दै प्रतिबद्दतासमेत जनाइसकेको छ ।
https://www.facebook.com/Kedar.Ghimire.magne
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो