रोनाल्डिन्होलाई पाँच महिनापछि ब्राजिल फर्किने अनुमति

२०७७ भाद्र ९ मङलबार, एजेन्सी । पराग्वेमा नक्कली पासपोर्ट प्रकरणमा हिरासतमा रहेका ब्राजिलियन फुटबलर रोनाल्डिन्होले पाँच महिनापछि ब्राजिल फर्किने अनुमति पाएका छन् ।

नक्कली पासपोर्ट प्रकरणमा उनीलाई दोषी मान्दै अदालतले ९० हजार डलर जरिवाना तोकेको छ भने उनका भाइलाई एक लाख १० हजार डलर जरिवाना तोकेको छ । त्यस्तै उनका भाइलाई पराग्वेमा अपराधिक गतिबिधि गरेको रेकर्ड बनाइएको छ भने रोनाल्डिन्होलाई भने सो रेकर्डबाट मुक्त गरिएको मिडिया रिपोर्टमा उल्लेख छ ।

अब उनी कुनै पनि बेला ब्राजिल फर्किने सक्ने बताइएको छ । यस अघि गत फाल्गुनमा यात्राका क्रममा नक्कली कागजपत्र बोकेको आरोपमा पराग्वेमा पक्राउ परेका रोनाल्डिन्हो ३२ दिन जेलमा बसेपछि पराग्वेमै हाउस एरेस्टको रुपमा एक होटलमा बसिरहेका थिए ।

३९ बर्षिय रोनाल्डिन्होलाई उनका भाईसँगै गत फाल्गुनमा नक्कली पासपोर्ट प्रकरणमा पक्राउ गरिएको थियो । उनीहरुले ३२ दिन प्रहरीको हिरासतमा राखेपछि गत चैत्रमा पराग्वेको एक अदालतले होटलमा बस्ने अनुमति दिइएको थियो । अदालतले मुद्धाको टुंगो नलाग्दासम्म उनीहरु होटलमा बस्न सक्ने गरि हिरासतमुक्त गरिएको थियो ।

त्यसअघि रोनाल्डिन्होका वकिलले १.६ मिलियन डलरको धरौटीमा रिहा गर्न आग्रह गरेपनि अदालतले अश्विकार गरेको थियो ।रोनाल्डिन्होले ब्राजिललाई २००२ मा विश्वकप जिताएका थिए भने उनले

बार्सिलोना, पिएसजी, एसी मिलान जस्ता क्लबबाट व्यावसायिक फुटबल खेलेका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार