२०७७ भाद्र ९ मङलबार, एजेन्सी । हाँस्य कलाकार कपिल शर्माको लोकप्रिय कार्यक्रम ‘द कपिल शर्मा शो’ लाई प्रतिबन्ध लगाउन माग गरिएकाे छ । सुशान्त सिंह राजपूतका फ्यानहरूले साे कार्यक्रम प्रतिबन्ध गर्न माग गरेका हुन् ।
सामाजिक सञ्जालबाट याे अभियान सुरू भएकाे हाे । फेसबुकमा एक प्रयोगकर्ताले सोमबार जस्टिस फर सुशांत सिंह राजपूत ह्यासट्याग एसएसआर भन्ने समूहमा यस्तो लेखेका थिए, ‘बलिउड सुपरस्टार सलमान खान पनि शोका निर्माताहरुमा सम्मिलित छन् ।प्रिय सदस्यहरू, द कपिल शर्मा शोको पूर्ण बहिष्कार गर्नुहोस् ।’
उक्त पाेष्टमा समूहका धेरै सदस्यहरूले सकारात्मक प्रतिकिया राखेका थिए ।
अभिनेता सुशान्तले आत्महत्या गरेको भोलिपल्टदेखि बलिउडमा नातावादकाे मुद्दा तातेको थियो । सुशान्तका फ्यानहरू र केही कलाकारहरूले साे मुद्दा उठाएका थिए । अझैपनि याे मुद्दा सेलाएकाे छैन । अनुसन्धान जारी राखिएकाे छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो