आलियासँग तर्किँदैछन् निर्माताहरु ?

२०७७ भाद्र ९ मङलबार, एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युपछि उनका प्रशंसकसहित थुप्रै मानिसहरु रिसले आगो भए । उनीहरुमध्ये धेरैको यो मान्यता छ कि सुशान्त नेपोटिजमका शिकार भएका छन् । ती मानिसहरु यस्ता व्यक्तिविरुद्ध उत्रिए जो आफ्ना पिताको नाममा फिल्म इन्डष्ट्रिमा आएका छन् । यीमध्ये एक आलिया भट्ट पनि छिन् ।

आलियासँग रिसाउनुको अर्को कारण यो पनि हो कि रिया चक्रवर्ती र आलियाका पिता महेश भट्ट एक अर्कालाई राम्रोसँग चिन्छन् । रिया लगातार महेश भट्टसँग सल्लाह लिइरहन्छिन् । यी दुईको ह्वाट्सएप च्याट पनि निकै भाइरल भइरहेको छ । यतिबेला रियामाथि विभिन्न नकारात्मक टिप्पणी भइरहेको छ । तसर्थ महेश भट्टको आगामी फिल्म ‘सडक २’ को ट्रेलरले युट्युबमा धेरै डिस्लाइक पाएको छ जसमा आलिया भट्ट मुख्य भूमिकामा छिन् ।

आलिया भट्ट पनि निशानामा छिन् । उनले पनि सोसल मिडियामा अत्याधिक नकारात्मक टिप्पणीको सामना गर्नु परिरहेको छ । भारतीय मिडियामा प्रकाशित सामाचार अनुसार उनलाई लिएर फिल्म बनाउने योजना बुनिरहेका निर्माता/निर्देशक पनि अब आफ्नो निर्णयमाथि नयाँ ढङ्गले विचार गरिरहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार