२०७७ असार ३, एजेन्सी । समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउन ‘उद्धार उडान’का नाममा तय भएका चार्टर फ्लाइटहरु एकपछि अर्को गर्दै स्थगित भएका छन् । नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले नयाँ तालिका ल्यागता पनि त्यसअनुसार पनि उडान हुने/नहुने अन्योल छ । यहीवीच, सर्वोच्च अदालतले विदेशमा अलपत्र कामदारलाई सरकारी कोषकै खर्चमा स्वदेश ल्याउन आदेश दिएको छ ।
साउदी अरेबियाको दमामबाट हिमालय एयरलाइन्समार्फत सोमबार हुने चार्टर्ड उडान शनिबार सूचना निकालेर स्थगित गरियो । साउदीस्थित नेपाली दूतावासले अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि उडान स्थगित गरिदिएको हो ।
सोमबार नै माल्दिभ्सबाट समस्यामा परेका नेपालीको स्वदेश फिर्तीको योजना थियो । तर, शनिबार सूचना निकालेर कोलम्बोस्थित दूतावासले उडान रद्द भएको जानकारी दियो ।
सोमबार नै मलेसियाबाट गर्ने भनेको उडान पनि रद्ध भयो । दूतादुवासले प्राविधिक कारणले उडान स्थगित भएको जानकारी दियो ।
सरकारी तालिकाअनुसार आज मंगलबार कतारबाट नेपालीको स्वदेश फिर्ती हुनुपथ्र्यो । त्यहाँबाट आज नेपाल एयरलाइन्स र भोलि हिमालय एयरलाइन्सले गर्ने भनिएका उडानहरु पनि रद्द भएका छन् ।
यूएईबाट नेपालीको उद्धारका लागि आज उडान तालिका तय थियो । बिहीबार पनि चार्टर्ड उडान हुने भनिएको थियो । तर, नेपाली दूतावास आबुधाबीले सोमबार सूचना निकालेर भन्यो- ‘असार २ र ४ को मितिको उडान स्थगन भयो ।
बहराइनबाट २५६ नेपाली योजनाअनुसार भोलि बुधबार काठमाडौं उत्रनुपर्ने हो । तर, बहराइनको नेपाली दूतावासका अनुसार असार ३ गते हुने भनिएको उडान असार ७ गतेलाई सारिएको छ ।
सरकारको अव्यवहारिक निर्णयका कारण धेरै कामदार समस्यामा परे पनि नेपाल फर्किन नसक्ने देखिएको छ । कतिपय देशमा भने विमान कम्पनी आफैंले पनि उडान मिलाउनुपर्ने भन्दै नयाँ तालिका पठाएका छन् । त्यसले गर्दा तोकिएको संख्या पुर्याउन समस्या पर्ने देखिएको अवस्थामा दूतावासहरुलाई राहत मिलेको छ ।
अब नयाँ तय भएको उडान तालिका अनुसार टिकटिङ नभए दोस्रो प्राथमिकतामा परेकाहरुलाई मौका दिने दूतावासको तयारी छ । यसले समस्यामा परेकाहरु विदशेमै अलपत्र पर्ने र हातमा पैसा हुनेहरु मात्रै फर्किने अवस्था बन्ने संकेत देखिएको छ ।
ट्रेन्डिङ
शाहिद : जाे सय फिल्ममा रिजेक्ट भएका थिए
संसद विघटन गलत थियो, तर सर्वोच्चमा विचाराधिन विषयमा मैले बोल्न मिल्दैन थियो : नेम्वाङ
सर्वोच्चको फैसलालाई सम्मान गर्न सकिन्न : ईश्वर पोखरेल
छाउपडीप्रथा अन्त्यका लागि पुरुषहरुको भुमिका अत्यावश्यक छ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’