क्यारेबियन प्रिमियर लिग : सन्दीपको प्रदर्शन उत्कृष्ट, जितसँगै जमैका चौथो स्थानमा

२०७७ भाद्र १० बुधबार, एजेन्सी । क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्पिनर सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन लगातार कायम रहेको छ ।

नेपाली समय अनुसार बुधबार बिहान सकिएको खेलमा उनको टिम जमैका तलाबाजले गुएना एमेजन वारियर्सलाई ५ विकेटले हरायो ।पहिले ब्याटिङ गरेको गुएनाले ९ विकेट गुमाएर १ सय १३ रन मात्र बनाएको थियो । त्यसमा सन्दीपले ४ ओभर बलिङ गर्दै १२ रन मात्र खर्चेर र एक विकेट लिए । उनले सेरफन रडरफोर्डको विकेट लिएका हुन् ।

जवाफमा जमैकाले १८ ओभरमा ५ विकेट गुमाएर १ सय १३ रन बनायो । प्रतियोगितामा जमैकाको यो दोस्रो जित हो । जमैका अंकतालिकाको चौथो स्थानमा छ । सन्दीप आवद्द टिमले चार खेलमध्ये दुई खेल जितेको छ र चौथो स्थानमा छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार