२०७७ भाद्र १० बुधबार, काठमाडौं । ‘कृ’बाट अभिनेत्रीको रुपमा डेब्यू गरेकी अदिती बुढाथोकीले अभिनय गरेको पञ्जाबी गीत सार्वजनिक भएको छ । ‘रुसिया लग्दानी’ बोलको उक्त गीतमा पञ्जावी गायक राहुल लखनपालको स्वर रहेको छ ।
सो गीतमा अदितीले गायक राहुलसँग रोमान्स गरेको देख्न सकिन्छ । ३ मिनेट २८ सेकेण्डको उक्त म्युजिक भिडियोमा राहुलको आदितीप्रति प्रेम, आशक्ति तथा समर्पण प्रस्तुत गरिएको छ ।
वर्षौंदेखि भारतमा बस्दै आएकी अभिनेत्री अदिती गएको पाँच महिनायता भने नेपालमा छिन् । यो गीतले आफूलाई दर्शकको ठूलो वर्गमा चिनाउने विश्वास अदितीले गरेकी छिन् ।
सो गीतको कमेन्टमा उनको सुन्दरताको खुबै प्रसंसा भएको छ । निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्न लागेको नयाँ फिल्ममा काम गर्नका लागि उनी लकडाउन हुनुभन्दा अगाडि नेपाल आएकी थिइन् ।
त्यसको केही दिनमा देशभरि लकडाउन भएपछि फिल्म फ्लोरमा जान सकेन । अब उनी यो फिल्मको छायांकन भ्याएपछि मुम्बई फर्किने जानकारी प्राप्त छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो