२०७७ भाद्र १० बुधबार, काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आबद्ध ६ सय जना प्राविधिकहरुको कोरोना बीमा गर्ने भएका छन् ।
हमालले कोरोना बीमाका लागि प्राविधिकहरुको नामावली लिएर आउन प्राविधिक संघका उपाध्यक्ष विनोद लामालाई आग्रह गरेका छन् । उक्त नामावलीको लागि केही दिनमा संघका पदाधिकारीहरुको बैठक बस्दैछ ।
सोमबार अभिनेता हमालले आर्थिक अवस्था कमजोर रहेका १ सय जना प्राविधिकलाई ५ हजारको दरले आर्थिक सहयोग गर्ने खबर बाहिरिएको थियो । प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले प्राविधिकहरुको कोरोना बीमाका लागि आग्रह गरेपछि हमाल सहमत भएका हुन् ।
अभिनेता हमालले ६ सय पविधिकहरुको कोरोना बीमासँगै आर्थिक अवस्था कमजोर रहेका केही प्राविधिकलाई आर्थिक सहयोग गर्ने पनि बचन दिएका छन् । राजेशले अधिकांश प्राविधिकसँग काम गरिसकेका छन् । त्यसैले पनि प्राविधिकहरुले हमालबाट ठूलो आशासमेत गरेका छन् । हमालले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरुको मुहारमा खुशी छाएको छ ।
केही दिनपछि ६ सय जना प्राविधिकहरुको नामावली कोरोना बीमाका लागि राजेश हमालसमक्ष पुग्ने उपाध्यक्ष लामाले बताए।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो