विश्वभर कोरोनाबाट दुई करोड ४० लाखभन्दा बढी संक्रमित

२०७७ भाद्र १० बुधबार, एजेन्सी । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट हालसम्म दुई करोड ४० लाख ९२ हजार ७०९ जना संक्रमित भएका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संक्रमणबाट विश्वभर आठ लाख २४ हजार १९४ जनाको मृत्यु भइसकेको छ भने एक करोड ६६ लाख ३४ हजार ३३८ जना निको भएर घर फकिएका छन् ।

पछिल्लो २४ घण्टामा दुई लाख ४८ हजारभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएको पाइएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकमा संयुक्त राज्य अमेरिका, ब्राजिल, भारत, रसियालगायत रहेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार