कोरोना महामारीका कारण फ्लिम उद्योग ठप्प

२०७७ असार ३ बुधबार –
कोरोना संक्रमणका कारण विश्वकै मनोरञ्जन उद्योग ठप्प भएको छ। फिल्म हल बन्दै रहेका छन् भने संगीत भिडियो ,फ्लिम केही शूट हुन पनि पाएका छैनन् । लकडाउन केही खुकुलो बनाइँदै लगे पनि अहिलेको अवस्था हेर्दा तत्काल मनोरञ्जन उद्योग पूर्ववत् अवस्थामा फर्कने स्थिति छैन ।
फिल्मको सुटिङ सुरु हुने अवस्था पनि बनेको छैन। सुटिङ सुरु भइहाले पनि अब हुने सुटिङको माहोल पहिलेको जस्तो हुने छैन, समूहमा काम गर्नुपर्ने भएकाले कोरोना संक्रमणबाट बच्न अपनाउनुपर्ने सावधानीका कारण सुटिङको माहोल नितान्त फरक हुनेछ। पहिले जसरी सुटिङ हुन्थ्यो अब त्यसरी सुटिङ सम्भव पनि छैन ।
व्यवस्थापन र फिल्म रिलिजको वातावरण कसरी सिर्जना गर्ने भन्नेतर्फ पनि धेरै निर्माताको ध्यानाकर्षित भएको छ।
विश्वको दोस्रो ठूलो मानिएको बलिउडले भने सुटिङ सुरु गर्ने मोडालिटी तय गरेको छ। उसले सरकारसँग सुटिङ गर्न अनुमति पनि लिइसकेको छ तर हाम्रो उद्योगले भने त्यसको पहल गरेको छैन।
फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार