भारतमा कोरोनाबाट एकै दिन १०२३ जनाको मृत्यु

२०७७ भाद्र ११ बिहीबार, एजेनसी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०२३ जनाको मृत्यु भएको छ ।

भारतमा कुल मृत्यु हुनेको संख्या ६० हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६० हजार ४७२ पुगेको छ । पछिल्लो २४ घण्टामा ७५ हजार ७६० जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३३ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३३ लाख १० हजार २३५ पुगेको छ । यसका साथै भारत धेरै संक्रमित हुने देशको सुचीमा अमेरिका, ब्राजिलपछि तेस्रो स्थानमा रहेको छ ।

भारतमा अहिलेसम्म २५ लाख २३ हजार ७७२ जना ठिक भएका छन् । त्यस्तै ७ लाख २५ हजार ९९१ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ८५ लाख ७६ हजार ५१० नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख २४ हजार ९९८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार