२०७७ भाद्र ११ बिहीबार, काठमाडौं । पछिल्लो केही समयदेखि सामाजिक सञ्जाल कुलमान घिसिङमय बनेको छ ।
विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको कार्यकाल आगामी २९ भदौदेखि सकिँदैछ । यही विषयलाई लिएर सर्वसाधारणदेखि कलाकारहरुले व्यक्तिगत तथा सामूहिक रुपमा आवाज उठाइरहेका छन् ।
उनीहरुको एउटै स्वर छ–‘अब फेरि पनि हामीहरुलाई कुलमान नै चाहिन्छ । भ्रष्टाचार गर्नेहरुलाई पटक–पटक उही पद दिन मिल्ने तर देश उज्यालो बनाउनेलाई किन नमिल्ने ?’ यसैबीचमा केही दिनअगाडि कुलमान पुनः निर्देशकमै नियुक्ति भएको समाचार बाहिरिँदा बधाई तथा शुभकामना दिनेको ओइरो लागेको थियो ।
यसै सन्दर्भलाई लिएर वरिष्ठ हाँस्यकलाकार मदनकृष्ण श्रेष्ठले पनि कुलमान रोल मोडल भएको उल्लेख गरेका छन् ।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल फेसबूकमा स्थिति राखेका कलाकार श्रेष्ठले लेखेका छन्– ‘कुलमान घिसिङ ‘जस्को नाम सुन्दा पनि मन उज्यालो हुन्छ । आफ्नो निःस्वार्थ, इमान्दार र सही निर्णयले रातलाई दिन बनाएर देखाउन सफल एक उदाहरणीय देशभक्त व्यक्तिको नाम हो । ‘कुलमान घिसिङ’ हाम्रा लागि त रोल मोडेल हुन् । उहाँको कार्यअवधि थपिनुपर्छ भन्ने विषयमा आम नेपालीको एउटै मत छ । आम नेपालीको मतलाई बेवास्ता नगरियोस् ।’
यस्तै हरिवंश आचार्य, करिश्मा मानन्धर, मिलन चाम्स, केदारप्रसाद घिमिरे (माग्ने बुढा), दीपकराज गिरीलगायतका कलाकारहरुले पनि कुलमान दोहोरिनुपर्ने बताएका छन् ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो