२०७७ भाद्र ११ बिहीबार, एजेन्सी । अमेजन कम्पनीका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक (सीईओ) जेफ बेजोस विश्वकै इतिहासमा पहिलो धनीको सूचीमा परेका छन् । उनी कुल सम्पत्तिले दुई सय अर्ब डलरको आँकडा पार गर्दै इतिहासकै पहिलो धनी बन्न सफल भएका हुन् ।
ब्लूमबर्ग बिलियेनियर इन्डेक्सका अनुसार अमेजनको शेयर बुधबार कीर्तिमानी अङ्कले बढेपछि बेजोसको सम्पत्तिमा वृद्धि भएको हो र उनी दुई अर्ब डलर सम्पत्ति भएका विश्वका पहिलो व्यक्ति बनेका छन् ।
कोरोना भाइरस महामारीका कारण विश्व अर्थतन्त्रमा ह्रास आइरहेका बेला महामारीकै बीच बेजोसको सम्पत्ति भने उकालो लागेको छ । मानिसहरु घरमै रहँदा ई–कमर्सको माग बढ्दा अमेजन अझ नाफमा गएको हो ।
फोर्ब्सका अनुसार अप्रिल २०२० मा उनको कुल सम्पत्ति एक सय १३ अर्ब डलर थियो । विश्वका दोस्रो धनी व्यक्ति, बिल गेट्स बेजोसभन्दा करौँडौ डलरले पछाडि छन् । फोब्र्सका अनुसार बुधबार गेट्सको सम्पत्ति एक सय १६ दशमलव ०२ बिलियन डलर छ । यसैबीच कम्पनीका संस्थापक एलन मस्कको सम्पत्ति एक सय एक अर्ब डलर पुगेको छ ।
फेसबुकका संस्थापक मार्क जुकरबर्गको सम्पत्ति अगस्ट महिनाको सुरुमा सय अर्ब डलर पुगेको छ । बुधबार जुकरबर्गको सम्पत्ति ८.५ अर्ब डलरले बढेको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो