२०७७ भाद्र १२ शुक्रबार, एजेन्सी । इटालियन क्लब युभेन्ट्सका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले ‘युईएफए गोल अफ दि सिजन’ अवार्ड जितेका छन् । युरोपियन क्लब फुटबलको सर्वोच्च निकाय युईएफएले बिहीबार घोषणा गरेको च्याम्पियन्स लिगको ‘गोल अफ दि सिजन’ मा रोनाल्डोको गोल उत्कृष्ट ठहरिएको हो ।
च्याम्पियन्स लिगको अन्तिम १६ अन्तर्गत लियोनविरुद्धको दोस्रो लेगमा रोनाल्डोले गरेको गोल उत्कृष्ट बनेको हो । रोनाल्डोले डिबक्स बाहिरबाट देब्रे खुट्टाले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा युभेन्ट्सले २-१ ले जितेको थियो ।
तर, पहिलो लेगमा १(० ले पछि परेको युभेन्ट्स अवे गोलको आधारमा च्याम्पियन्स लिगबाट बाहिरिएको थियो । यस अवार्ड जित्ने क्रममा रोनाल्डोले आरबी लाइपजिगका मार्सल साबिट्जरलाई पछि पारेका हुन् ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो