भारतमा कोरोनाबाट एकै दिन १०२१ जनाको मृत्यु

२०७७ भाद्र १३ शनिबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०२१ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६२ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६२ हजार ५५० पुगेको छ ।पछिल्लो २४ घण्टामा ७६ हजार ४७२ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३४ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३४ लाख ६३ हजार ९७३ पुगेको छ । भारतमा अहिलेसम्म २६ लाख ४८ हजार ९९ जना ठिक भएका छन् । त्यस्तै ७ लाख ५२ हजार ४२४ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ३ करोड ९४ लाख ७७ हजार ८४८ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा ९ लाख ०१ हजार ३३८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार