२०७७ भाद्र १३ शनिबार, एजेन्सी । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) टि–ट्वान्टी क्रिकेटमा आज छैटौं खेल खेल्दै छ ।
ट्रिनिडाड एन्ड टोबेगोमा जारी सिपिएलअन्तर्गत जमैकाले छैटौं खेलमा सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्ससँग प्रतिस्पर्धा गर्नेछ । जमैका र प्याट्रियट्सबीचको खेल नेपाली समय राति १२ बजे सुरु हुनेछ ।
प्याट्रियट्सविरुद्ध मैदान उत्रदा जमैका तेस्रो जितको खोजीमा हुनेछ । त्यस्तै, प्याट्रियट्स दोस्रो जितको खोजीमा रहेको छ । यस सिजन दुई टोली पहिलो पटक आमने सामने हुन लागेको हुन् ।
जमैका ५ खेलमा ४ अंक जोडेर तालिकाको पाँचौं स्थानमा रहेको छ । सामान खेलमा सामान २ अंक जोडेको प्याट्रियट्स तालिकाको अन्तिम स्थानमा रहेको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो