पछिल्लो २४ घण्टामा ३४ हजार ९ सय १८ संक्रमित

२०७७ असार ३,एजेन्सी । कोरोना भाइरसबाट संक्रमित संख्यामा ब्राजिलले नयाँ रेकर्ड कायम गरेको छ । ब्राजिल सरकारका अनुसार एकै दिन ३५ हजार मानिसमा संक्रमण देखिएको छ ।

ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ ३४ हजार ९ सय १८ संक्रमित पछिल्लो २४ घण्टामा देखिएका छन् । ब्राजिलमा कुल संक्रमितको संख्या ९ लाख २३ हजार १८९ पुगेको छ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार २८२ जनाको मृत्यु भएको  स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ। कुल मृतकको संख्या ब्राजिलमा ४५ हजार २४१ पुगेको छ।

अर्गनाइजेशन फोर इकनोमिक को-ओपरेशन एण्ड डेभलपमेन्टले ब्राजिल यदि कोरोनाको दोस्रो चरणमा प्रवेश गरे अर्थव्यवस्था ९.१ प्रतिशतभन्दा पनि तल झर्ने चेतावनी दिएको छ। ओईसीडीले यसवर्ष ७.४ प्रतिशत गिरावट आउने अनुमान गरेको छ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार