ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार नाघ्यो

२०७७ भाद्र १४ आइतबार, एजेन्सी । दक्षिण अमेरिकी देश ब्राजिलमा कोरोनाको महामारी रोकिने संकेत अझै देखिएको छैन । पछिल्लो अपडेट अनुसार ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख २० हजारभन्दा बढीको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा ९०४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । योसँगै ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख २० हजार ४९८ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ब्राजिलमा ३४ हजार ३६० जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा अहिलेसम्म ३८ लाख ४६ हजार ९६५ जना संक्रमित भएका छन् ।

त्यस्तै ब्राजिलमा अहिलेसम्म ३० लाख ६ हजार ८१२ जना ठिक भएका छन् भने ७ लाख १९ हजार ६५५ सक्रिय संक्रमित रहेका छन् ।ब्राजिलमा अहिले ८ हाजर ३१८ जनालाई आइसीयुमा राखेर उपचार गरिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार