२०७७ भाद्र १४ आइतबार, एजेन्सी । चीनको उत्तरी प्रान्त शाङ्सीमा एउटा होटल भत्किँदा मृत्यु हुनेको संख्या २९ जना पुगेको छ ।
स्थानीय अधिकारीहरुले भवनमा पुरिएको आशंकामा गरिएको खोज तथा उद्धार कार्य समाप्त भएको बताएका छन् ।
शनिबार बिहान दुई तले होटल भत्किएर १७ जनाको मृत्यु भएको तथा २८ जना घाइते भएको विवरण प्राप्त भएको थियो । घाइतेमध्ये अझै पनि सात जनाको अवस्था गम्भीर रहेको छ ।
होटल भत्किनुको कारणका बारेमा स्थानीय अधिकारीहरुले अनुसन्धान शुरु गरेका छन् । उक्त घटनाको छानबिनका लागि एक समिति नै बनाइएको छ ।
फेसबुक प्रतिक्रिया
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो