२०७७ भाद्र १६ मङ्गलबार, एजेन्सी । अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्तो फेर्नान्डेजले लियोनल मेस्सीलाई आफ्नो बाल्यकालको घरेलु क्लब फर्किन सुझाव दिएका छन् । ३३ वर्षका मेस्सीले यो सिजन स्पेनिस ला लिगा क्लब बार्सिलोना छोड्न चाहेको बताएका छन् ।
उनले त्यसका लागि पत्र बुझाएसँगै विश्व फुटबलका ठूला क्लबहरु अनुबन्धनको होडमा छन् । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी यो होडमा सबैभन्दा अघि रहेको छ ।
उनी सिटीमा अनुबन्धित हुने सम्भावना बलियो रहेको खबर छ । तर बार्सिलोनासँगको अनुबन्धमा रहेको रिलिज क्लजका कारण समस्या भइरहेको छ ।
ला लिगाले रिलिज क्लब अहिले पनि प्रभावकारी रहेको र त्यो पूरा हुनु पर्ने बताएको छ । यस्तै बार्सिलोनाले मेस्सी यो अबको सिजन फुटबल नखेल्ने भए मात्रै स्वतन्त्र मूल्यमा क्लब छोड्न मिल्ने बताएको खबर पनि इएसपिएनले छापेको छ ।
तर यी चर्चाका बिचमा अर्जेन्टिनाका राष्ट्रपतिले मेस्सीले आफ्नो पुरानो नेवेल्स क्लब वल्ड बोइजमा फर्किन सुझाव दिएका हुन्।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो