२०७७ असार ३, काठमाडौं । पूर्णचन्द्र थापा नेपाली सेनाका प्रधानसेनापति र सीमा सुरक्षाको जिम्मेवारी पाएका सशस्त्र प्रहरी बलका प्रमुख शैलेन्द्र खनाल बुधबार दार्चुलातर्फ प्रस्थान गरेका छन् ।
छाङ्रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) र भारतले नेपाली भूमि मिचेर सडक बनाएपछि कालापानी नजिकै सेनाले खडा गरेको अस्थायी क्याम्पको निरीक्षण गर्ने उनीहरुको तयारी छ ।
गृह मन्त्रालय स्रोतले भन्यो, ‘उहाँ नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलका लागि प्रस्थान गर्नु भएको छ ।’ यद्यपि, मौसममा समस्या आए सेनाको हेलिकोप्टर छाङरुसम्म जान नसक्ने भ्रमण टोलीका एक सदस्यले बताए ।
अहिले छाङरुमा सशस्त्र प्रहरी भाडाको घरमा बसिरहेको छ भने स्थायी संरचना पनि बनाउने तयारी छ । सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटोका लागि घाँटी बगरमा ट्याक खोल्ने काम अहिले सेनाले गरिररहेको छ ।
ट्रेन्डिङ
‘राजनीतिक खिचातानीले जनतामा निराशा’
‘बहुमतको प्रधानमन्त्रीलाई संसद् विघटनको अधिकार छ’
पत्रकारितामा मुख्य चुनाैती पारिश्रमिक
मदनकृष्णको स्वरमा ‘फूलबुट्टे सारी’को’ लेजेन्डरी भर्सन सार्वजनिक
महेन्द्रनगरबाट एक जनालाई पक्राउ गरी बैतडी लगियो