उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने -नदिने निर्णय गर्न तीन जिल्लाका प्रजिअको भर्चुअल मिटिङ बस्दै

२०७७ भाद्र १६ मङ्गलबार, काठमाडौं । उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको भर्चुअल बैठक आज वस्दैछ ।

बैठकले उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने वा अन्त्य गर्ने भन्ने निर्णय लिन गृहमन्त्रालयलाई नै अनुरोध गर्ने निर्णय गर्ने वताईएको छ ।

काठमाडौंका प्रजिअ जनकराज दाहाल, ललितपुरका प्रजिअ नारायणप्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डेले भर्चुअल मिटिङ बसेर सुझावसहितको निर्णय गृहसचिव महेश्वर न्यौपानेलाई पठाउने तयारी गरिएको छ ।

भदौ तीन गते मध्यरातिदेखि उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी भएको थियो । थपिएको निषेधाज्ञा बुधबार रातिबाट सकिँदैछ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार