साउदी शाही परिवारका दुई सदस्य र ठुला अधिकारी बर्खास्त

२०७७ भाद्र १६ मङ्गलबार, एजेन्सी । साउदी अरेबियामा शाही परिवारका दुई सदस्य सहित थुप्रै अधिकारीलाई उनीहरुको पदबाट हटाइएको छ । राजकीय निर्णयको अनुसार, साउदी क्राउन प्रिन्स मोहम्मद बिन सलमानले राजकुमार फहाद बिन तुर्कीलाई बर्खास्त गरेका छन् ।

राजकुमार फहाद बिन सलमान यमन सउदीको नेतृत्व रहेको सनिकको नेता थिए । फहाद बिन तुर्कीले छोरा अब्दुल अजीज फहादलाई कार्यकारी गभर्नरको पदबाट हटाइएको छ ।

सउदी रक्षा मन्त्रालयले सार्वजनिक गरेको आदेशमा शाही परिवारको दुई सदस्य सहित चार अधिकारीलाई संगै मिलेर “शंकास्पद आर्थिक लेनदेन” गरेको आरोप लगाएको छ र यसको थप जाँच हुने बताएको छ ।

सउदी अरेबियाका शासक र कर्ता रहेका राजकुमार मोहम्मद बिन सलमानले सरकारमा व्याप्त भ्रष्टाचारको विरुद्धमा अभियान जारी गरेका छन् । आलोचकहरुको अनुसार, महत्वपुर्ण पदमा रहेका अधिकारीहरुलाई हटाएको र उनीहरुको नियन्त्रणले वास्तवमा राजकुमार सलमानको योजना सत्तामा अवरोधको रुपमा रहेका मानिसलाई हटाएर अझ शक्तिशाली बन्नु रहेको छ ।

केही समय पहिला पूर्व राजकुमार मोहम्मद बिन नायेफका सानो भाई राजकुमार अहमद बिन अब्दुल अजीजको पक्राउ परेको जानकारी सार्वजनिक भएको थियो  । साउदी राजकुमारलाई पूर्व जासुसको हत्याको षड्यन्त्र रचेको आरोप लगाइएको थियो ।

यस भन्दा पहिला सन् २०१७ शाही परिवारका दर्जनौं सदस्य, मन्त्रीहरु र व्यापारीलाई रियादको रिट्ज-कार्लटन होटलबाट पक्राउ गरिएको थियो । केही समयपछि प्रायजसोलाई स्वतन्त्र छोडिएको थियो तर उनीहरुलाई त्यसको ठुलो मुल्य तिर्नु परेको थियो ।

उनीहरुले आफ्नो स्वतन्त्रताको लागि एक सय छ दसमलब सात बिलियन डलरको सम्झौता गर्नुपरेको थियो । सन् २०१६ मा सत्तामा आएपछि ३५ वर्षीय राजकुमार मोहम्मद बिन सलमानले रुढीवादी सउदी अरेबियामा प्रगतिशील मानिने थुप्रै सामाजिक र आर्थिक निर्णय लिए जसको कारण उनको अन्तराष्ट्रिय स्तरमा प्रशंसा भएको छ ।

तर उनी माथि थुप्रै विवाद र षड्यन्त्रमा सहभागी भएको आरोप पनि लागेको छ जस मध्य पत्रकार जमाल खाशोज्जी हत्या सबैभन्दा प्रमुख रहेको छ । सउदीका पत्रकार र सरकारका मुख्य आलोचक रहेका खाशोज्जीको इस्तानबुल स्थित सउदीको वाणिज्य दूतावासमा हत्या गरिएको थियो ।

राजकुमार सलमानले यमन संग जारी युद्धमा सरकार समर्थक सैनिक परिचालन गरेको कारण आलोचना भइरहेको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार