भारतमा कोरोना संक्रमितको संख्या ३७ लाख नजिक, एकैदिन ८१९ को मृत्यु

२०७७ भाद्र १६ मङ्गलबार, एजेन्सी । पछिल्लो २४ घण्टामा भारतमा थप ६९ हजार ९२१ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ भने ८१९ जनाको मृत्यु भएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या ३६ लाख ९१ हजार १६७ पुगेकाे छ भने ६५ हजार २८८ जनाकाे मृत्यु भएकाे छ ।

भारतभर ७ लाख ८५ हजार ९९६ सक्रिय संक्रमित छन् । २८ लाख ३९ हजार ८८३ जना संक्रमित निकाे भइसकेका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार