श्रीदेवीको आँखामा हेर्नैै सक्दैनथे आमिर खान, खुलाए यस्ताे रहस्य !

२०७७ भाद्र १६ मङ्गलबार, काठमाडौं । बलिउडकी पहिलो महिला सुपरस्टार हुन् श्रीदेवी । उनका धेरै प्रशंसक तथा फ्यानहरू छन् । बलिउडका निर्माता देखि  कलाकार समेत उनकाे कलाकारिताबाट माेहित थिए । तीमध्ये आमिर खान पनि एक हुन् । एक अन्तर्वार्तामा उनले श्रीदेवीबारे एक नयाँ कुरा खुलाएका छन् ।

आमिरले एक अन्तर्वार्तामा भनेका छन्, ‘श्रीदेवी असाध्यै राम्री थिइन् । विशेषगरी उनको आँखाका थुप्रै प्रशंसक थिए । जसमध्ये म पनि एक थिएँ । तर मैले उनकाे आँखामा कहिले पनि हेर्न सकिनँ ।’

 

आमिरका अनुसार जब उनी श्रीदेवीको आँखामा हेर्थे तब कतै हराउँथे । श्रीदेवीले यी कुरा थाहा पाउलिन् कि भन्ने उनलाई डर थियो । त्यसकारण उनी श्रीदेवीको आँखामा हेर्दैन थिए । आमिरले श्रीदेवीलाई उत्कृष्ट नायिकाको उपमा समेत दिएका थिए ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार