बारा र पर्सामा थप ६४ जनामा कोरोना संक्रमण, चितवनमा पनि थपिए २८ संक्रमित

२०७७ भाद्र १७ बुधबार, काठमाडौं । पर्सा र बारामा थप नयाँ कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको परीक्षणमा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । तीमध्ये १३ जना पर्सा र ५० जना बाराका हुन् ।

४ सय ९० जनाको स्वाब परीक्षण गर्दा २८ महिलासहित ५ वर्षदेखि ७० वर्ष उमेर–समूहका ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिनुभयो ।

पर्साको बहुदरमाई नगरपालिकामा थप ८ जना संक्रमित थपिएका छन् । बहुदरमाई–४ मा ५ जना, ६ मा दुई जना र वडा नं ५ मा एक जनामा संक्रमण देखिएको हो ।

वीरगन्ज महानगरपालिका–४ बिर्तामा २ जना, मुर्लीमा एक जना र वडा १८ मा एक जनामा कोरोना पोजिटिभ देखिएको छ । यसै गरि कलैया उपमहानगरपालिकाका ४५ जनामा कोरोना पुष्टि भएको छ । कलैया– १ मा ५ जना, ७ मा ५ जना, २३ मा ३ जना, २ मा ६ जना, ४ मा ६ जना, ६ मा एक जना, ९ मा एक जना, २० मा ४ जना, ८ मा एक जना, ५ मा ७ जना, ३ मा एक जना, २० मा ४ जना र वडा २१ मा एक जनामा कोरोना पुष्टि भएको हो ।

यसैबिच , चितवनको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये २८ जना चितवन जिल्लाका छन् । अन्य ७ जना नवलपरासी, धनुषा, रुपन्देही, सिरहा र बाराका रहेका प्रयोगशाला प्रमुख डा. नीतु अधिकारीले जानकारी दिनुभयो।

चितवनका २८ जनामध्ये भरतपुर महानगरपालिकामा १६ पुरुष र १० महिला गरी २६ जना संक्रमित थपिएका छन् । यस्तै नवलपरासीका २ पुरुष र एक महिलामा कोरोना संक्रमण देखिएको छ । अन्य संक्रमितहरु धनुषा, रुपन्देही, सिरहा र बाराका छन् ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार