भारतमा कोरोनाबाट एकै दिन १०४५ को मृत्यु, ७८ हजार संक्रमित

२०७७ भाद्र १७ बुधबार, एजेन्सी । छिमेकी मुलुक भारतको भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट १०४५ जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा कुल मृत्यु हुनेको संख्या ६६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ६६ हजार ३३३ पुगेको छ । पछिल्लो २४ घण्टामा ७८ हजार ३५७ जना संक्रमित पुष्टि भएको छ ।

योसँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३७ लाख नाघेको छ । भारतमा कुल संक्रमित ३७ लाख ६९ हजार ५२४ पुगेको छ । भारतमा अहिलेसम्म २९ लाख १ हजार ९०९ जना ठिक भएका छन् । त्यस्तै ८ लाख १ हजार २८२ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल ४ करोड ४३ लाख ३७ हजार २०१ नमुना परिक्षण गरिएको छ । जसमा पछिल्लो २४ घण्टामा १० लाख १२ हजार ३६७ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार