रेलमा २ करोड ३२ लाखको सुन फेला

२०७७ असार ३, काठमाडौं । स्वीट्जरल्याण्डको सेन्ट गालेनबाट लुसर्नी जादैँ गरेको रेलमा २ करोड ३२ लाख रुपैयाँ (एक लाख ९० हजार अमेरिकी डलर) बराबरको सुन फेला पारेको छ।

सुरूमा अधिकारीहरूले गोप्य रूपमा सुनका मालिक पत्ता लगाउन प्रयास गरेका थिए । गत अक्टोबरमा सेन्ट गालेनबाट लुसर्नी पुगेको रेलबाट अधिकारीहरूले प्याकेजमा उक्त सुन भेटाएका थिए। अहिलेसम्म उक्त सुनका मालिक फेला नपरेपछि अधिकारीहरूले सुन दाबी गर्न सार्वजनिक रूपमै सूचना जाहेर गरेका छन्।

सुनधनीले पाँच वर्षसम्म सुन दाबी गर्न सक्नेछन् । यसरी सुन दाबी गर्न जाँदा सुन आफ्नो हो भन्ने यथेष्ट प्रमाण भने लिएर जानु पर्नेछ।

रेलमा यति धेरै सुन भेटिएको र  त्यो कसैले पनि दाबी नगरेको घटना अहिले स्वीट्जरल्याण्डमा चर्चाको विषय बनेको छ ।

 

फेसबुक प्रतिक्रिया

सम्बन्धित समाचार